काठमाडौं । काठमाडौंको पशुपति क्याम्पसका बीए तेस्रो वर्षमा अध्ययनरत युवती मृत फेला परेकी छन् ।भोजपुरको हतुवागढी गाउँपालिका-२ की २७ वर्षीया नीला राई मृत फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।प्रहरीका अनुसार राईको बायाँ हातको नाडीमा ब्लेडले काटेको देखिएको छ ।
अहिले शव पोष्टमार्टमका लागि शिक्षण अस्पतालमा राखिएको छ । उनको बिहीवार गोकर्णेश्वर नगरपालिका–३ जगडोलको वन कार्यालय नजिक शव फेला परेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ चैत्र २०७८, १६ : २२
लेखकबाट थप