अर्घाखाँचीमा बस दुर्घटना हुँदा १० जना घाइते

सफल खबर संवाददाता

शुक्रबार, २५ चैत्र २०७८, १६ : १५
अर्घाखाँचीमा बस दुर्घटना हुँदा १० जना घाइते

काठमाडौं ।शुक्रबार दिउँसो  अर्घाखाँचीमा बस दुर्घटना हुँदा १० जना घाइते भएका छन । अर्खापा बसमा सवार २८ जनामध्ये  करिव १० जना  घाइते भएका प्रहरीले जनाएको छ  । अर्घाखाँचीका प्रहरी प्रमुख डिएसपी थम्मन थापा  क्षेत्रका अनुसार प्युठानको स्वर्गद्धारी दर्शन गरी सुपादेउराली हुँदै  पोखरा जान लागेको  ग २ ६०८०  नम्वरको बस सन्धिखर्क नगरपालिका – २ भलाडाडा नजिकै कुनोमा ठोक्कीएको हो । 

घाइतेमध्ये धेरैको अवस्था सामन्य रहेको कसैको खुट्टामा चोट लागेको बताउँदै डिएसपी थापा क्षेत्रीले घाइतेका  कोही पनि आफन्तजन आत्तिनु पर्ने अवस्था नरहेको र उनीहरुको सन्धिखर्कको जिल्ला अस्पतालमा उपचार भइरहेको  बताएका छन्  ।

प्रतिक्रिया दिनुहोस