युरोपियन कमिसनकी प्रमुख उर्सुला युक्रेन भ्रमणमा, जेलेन्स्कीसँग भेटवार्ता गर्ने

सफल खबर संवाददाता

शुक्रबार, २५ चैत्र २०७८, १४ : २४
युरोपियन कमिसनकी प्रमुख उर्सुला युक्रेन भ्रमणमा, जेलेन्स्कीसँग भेटवार्ता गर्ने

युरोपियन कमिसनकी प्रमुख उर्सुला भोन डेर लियन युक्रेन गएकी छन्। गएको फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण थालेयता युक्रेनको राजधानी किएभ जाने उर्सुला सबैभन्दा शीर्ष पश्चिमी नेतृ हुन्।

ईयू कमिसन अध्यक्ष उर्सुलाले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग भेटवार्ता गर्ने छिन्। उनी पोल्याण्डको दक्षिण–पूर्वबाट रेलमार्फत युक्रेन गएकी हुन्। उर्सुलाका साथमा स्लोभाकियाका प्रधानमन्त्री एडवार्ड हेगर र ईयूको विदेश नीति प्रमुख जोसेप बोरल पनि छन्।

यसअघि पोल्याण्ड, चेक गणतन्त्र र स्लोभेनियाका प्रधानमन्त्री पनि रेलमार्फत किएभ गएका थिए। उनीहरुले त्यहाँ युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग भेट गरेका थिए। जेलेन्स्कीले तीन प्रधानमन्त्रीको भ्रमणलाई युक्रेनका लागि शक्तिशाली समर्थन रहेको बताएका थिए।

युरोपियन संसदका सभामुख रोबेर्ता मेत्सोलाले गएको हप्ता युक्रेनको भ्रमण गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस