सुपादेउराली दर्शनका लागि गएको बस दुर्घटना, ३० जना घाइते

सफल खबर संवाददाता

शुक्रबार, २५ चैत्र २०७८, १३ : १०
सुपादेउराली दर्शनका लागि गएको बस दुर्घटना, ३० जना घाइते

पोखराबाट अर्घाखाँचीको सुपादेउराली दर्शनका लागि गएको बस शुक्रवार दुर्घटना भएको छ । 

प्युठानको स्वर्गद्वारी हुँदै गएको ग २ ख ६८० नम्बरको बस अनियन्त्रित हुँदा सन्धिखर्क–२ मा दुर्घटना भएको हो । बस सडक छेउको भित्तामा ठोक्किएको छ ।  बसमा ३० जना सवार रहेको जनाइएको छ । घाइतेहरूको जिल्ला स्वास्थ्य कार्यालयमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस