दिल्ली दूतावासमा चुच्चे नक्सा नराखिएकाेप्रति ओलीकाे प्रश्न

सफल खबर संवाददाता

आइतबार, २० चैत्र २०७८, १५ : २२
दिल्ली दूतावासमा चुच्चे नक्सा नराखिएकाेप्रति ओलीकाे प्रश्न

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिल्ली दूतावासबाट चुच्चे नक्सा किन हटाइयो भन्दै आपति जनाएका छन  ।

आज (आइतबार) काठमाडौंमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताए। प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा नयाँ दिल्लीस्थित नेपाली दूतावासमा लिपुलेक, लिम्पियाधुरा र कालापानीसहितको नक्सा हटाइएको भन्दै उनले प्रश्न समेत गरे।

नेपाली दूतावासमा बुच्चे नक्सा राखिएको छ, चुच्चे नक्सा हटाइएको छ, यो भन्दा लज्जाजनक कुरा के हुन्छ भन्दै उनले आपति जनाए। उनले प्रधानमन्त्री देउवालाई किन भारत भ्रमणमा जान लाग्नुभएको भनी सोध्दा जवाफ नदिएको भन्दै यसकै लागि जानुभएको रहेछ भन्दै असन्तुष्टि जनाए।

उनले भने, प्रधानमन्त्री फर्किनु भन्दा अगाडि दिल्ली दूतावासमा हाम्रो संविधानले भनेको नक्सा, हाम्रो संसदले संविधान संशोधन गरेर राखेको नक्सा किन राखिएन ?त्यस्तै, उनले सरकारले राष्ट्रियता र भौगोलिक अखण्डताविरुद्ध गतिविधि गर्दा पनि वुद्धिजीवि भने हात बाँधेर बसेको उनको तर्क छ ।

प्रतिक्रिया दिनुहोस