रुसले युक्रेनको पूर्वी र दक्षिणी भाग कब्जा गर्न चाहन्छ : जेलेन्स्की

एजेन्सी

आइतबार, २० चैत्र २०७८, ०८ : १५
रुसले युक्रेनको पूर्वी र दक्षिणी भाग कब्जा गर्न चाहन्छ : जेलेन्स्की

एजेन्सी ।  युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसले युक्रेनको पूर्वी र दक्षिणी भागलाई आफ्नो कब्जामा लिन चाहेको बताएका छन् ।

शनिबार जारी गरिएको एक भिडियो सन्देशमा उनले भने, 'रुसी सेनाको उद्देश्य के होरु तिनीहरू डोनबास (पूर्व) मा र युक्रेनको दक्षिणी भाग दुवै कब्जा गर्न चाहन्छन्। हाम्रो उद्देश्य के होरु हाम्रो सुरक्षा, हाम्रो स्वतन्त्रता, हाम्रो भूमि र हाम्रा जनता।'

यस क्रममा जेलेन्स्कीले देशको दक्षिणी बन्दरगाह सहर मारियुपोलको सुरक्षामा संलग्न युक्रेनी सैनिकहरूको पनि प्रशंसा गरे। विगत केही सातादेखि रुसी पक्षबाट मारियुपोलमा भारी बमबारी भइरहेको छ ।

राष्ट्रपति जेलेन्स्कीले मारिउपोल र अन्य युक्रेनी सहरहरूमा सेनाको प्रतिरोधले हामीलाई किभमा बहुमूल्य समय दियो र यहाँ रूसी सेना कमजोर हुँदै गइरहेको बताए। यसअघि रुसले युक्रेनको राजधानी किभ र उत्तरी सहर चेर्निहाइभमा आफ्नो अभियानलाई समेटेर युक्रेनको पूर्वी क्षेत्रहरूमा केन्द्रित हुने घोषणा गरेको थियो।

प्रतिक्रिया दिनुहोस