कतार विश्वकप ड्र : कुन समूहमा कुन टोली ?

सफल खबर संवाददाता

शनिबार, १९ चैत्र २०७८, ०७ : ३४
कतार विश्वकप ड्र : कुन समूहमा कुन टोली ?

काठमाडौं । कतार विश्वकपको ड्र अहिले चलि रहेको छ । दोहामा जारी फाइनल ड्रको दोस्रो र तेस्रो राउन्डमा चार पोटमा रहेका टोलीहरुलाई आठ समूहमा बिभाजन गरिएको छ ।

चार पोटहरुको बिभाजन गरिँदा अर्जेन्टिना रहेको समूहमा मेक्सिको, साउदी अरेयिबा र पोल्यान्ड परेका छन् । त्यस्तै ब्राजिल रहेको समूहमा स्विजरल्यान्ड, सर्बिया र क्यामरुन परेका छन् । आयोजक कतार समूहको समूह ‘ए’मा नेदरल्यान्ड, सेनेगल र इक्वेडर रहेका छन् ।

कुन समूहमा कुन टिम ?  

समूह ‘ए’ : कतार, नेदरल्यान्ड, सेनेगल र इक्वेडर

समूह ‘बी’ : इङ्ल्यान्ड, अमेरिका, इरान र युइएफएका प्लेअफ

समूह ‘सी’ : अर्जेन्टिना, मेक्सिको, पोल्यान्ड र साउदी अरेबिया

समूह ‘डी’ : फ्रान्स, डेनमार्क, टुनिसिया, अन्तरमहादेशीय छनोटबाट आएको टोली  

समूह ‘ई’ : स्पेन, जर्मनी, जापान, अन्तरमहादेशीय छनोटबाट आएको टोली  

समूह ‘एफ’ : बेल्जियम, क्रोएसिया, मोरक्को र क्यानडा   

समूह ‘जी’ : ब्राजिल, स्विजरल्यान्ड, सर्बिया र क्यामरुन

समूह ‘एच’ : पोर्चुगल , उरुग्वे, कोरिया र घाना

प्रतिक्रिया दिनुहोस