काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको बढ्दो घाटा न्यूनीकरणका लागि सार्वजनिक तथा सरकारी सवारीसाधनको प्रयोग घटाउन सरकारलाई सुझाव दिएको छ।
निगमले इन्धनको खपत कम गर्ने उपायसहित उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयलाई यस्तो सुझाव दिएको हो।
आइतबार सार्वजनिक बिदा दिन र जोर बिजोर प्रणाली लागू गर्न पनि निगमले सुझाव गरेको छ।
अत्यावश्यक क्षेत्रबाहेक सरकारी र निजी सवारीसाधनमा जोर बिजोर लागू गर्न सुझाव गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।
गोरखापत्रमा खबर छ।
                
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, १६ चैत्र २०७८, ०७ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आज पनि तिहारकै सार्वजनिक बिदा
आज र भोलि सार्वजनिक बिदा
भदौ २२ गते चितवन, मकवानपुर र धादिङ जिल्लामा सार्वजनिक बिदा
स्वास्थ्यकर्मीलाई अत्यावश्यक बाहेकका बिदा स्वीकृत नगर्ने
कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा
रुरूक्षेत्रमा आइतबार सार्वजनिक बिदा