प्रहरी प्रधान कार्यालयले गर्यो २५ डिएसपीको काज सरुवा, को–कहाँ खटाइए ?

सफल खबर संवाददाता

बुधबार, ०९ चैत्र २०७८, ०९ : ३४
प्रहरी प्रधान कार्यालयले गर्यो २५ डिएसपीको काज सरुवा, को–कहाँ खटाइए ?

काठमाडौं । प्रंहरी प्रधान कार्यालयले २५ जना डीएसपीहरुको काज सरुवा गरेको छ । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा नियमित रुपमा हुँदै आएको सरुवालाई रोकेर प्रहरी प्रधान कार्यालयले डीएसपीहरुको काज सरुवा गरेको हो।

काज सरुवा भएर डीएसपी तिलक भारतीलाई म्याग्दीमा खटाइएको छ। त्यस्तै सुनलिजंग शाहलाई सोलुखुम्बुमा, जागरकोटमा सन्तोष निरौलाा र ओखलढुंगामा सुकदेव खनाललाई खटाइएको छ।

हेर्नुहोस्, कसको कहाँ सरुवा भयो ?

गृहमन्त्री बालकृष्ण खाणले हिजो (मंगलबार) मात्रै दोलखा र पर्वतका प्रमुख जिल्ला अधिकारी पनि परिवर्तन गरेका थिए। स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० मा हुँदैछ। यसका लागि निर्वाचन आयोगले केही दिनभित्रै आचारसंहिता लागू गर्नेछ। सरकारले आचारसंहिता लागू हुनुभन्दा अगावै ठूलोमात्रामा प्रहरी प्रशासन क्षेत्रका कर्मचारीको सरुवाको तयारी गरिहेको छ।

प्रतिक्रिया दिनुहोस