काठमाडौं । ठगी तथा आपराधिक बिश्वासघात गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१६ घर भएकी ५४ वर्षीया बिमला श्रेष्ठ रहेकी छन् ।
महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–१६ बालाजुबाट उनलाई पक्राउ गरेको हो । पीडितको नवलपरासी जिल्लास्थित जग्गाजमिन खण्डीकरण र बिक्री गरी सो बापत दिनु पर्ने २ करोड ५६ लाख रूपैयाँ नदिई उनी फरार रहेकी थिइन् ।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय नवलपरासी पठाइएको परिसरले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०८ चैत्र २०७८, ११ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने एक जना पक्राउ
ठगीको नयाँ रुप : युएईका ‘नक्कली कलेज’को पासोमा नेपाली
अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा महिला पक्राउ
स्लोभाकिया र सर्बिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ
कुवेत पठाइदिन्छु भनी ठगी गरेको आरोपमा एकजना पक्राउ
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ३६ लाख ठगी, दुई जना पक्राउ