बारा । बारामा तेल ट्यांकरमा आगलागी हुँदा सहचालकको मृत्यु भएको छ। जितपुर सिमरा उपमहानगरपालिका–२१ अमलेखगन्ज बस्ने ३० वर्षीय लक्ष्मण श्रेष्ठको उक्त आगलागीमा मृत्यु भएको हो।
अमलेखगन्जस्थित आयल निगमभित्र ना ४ ख २६५६ नं।को पेट्रोल ट्यांकरमा बिहीबार अपराह्न आगलागी भएको थियो। पेट्रोल अनलोड गर्न पार्किङ गरी राखेको अवस्थामा ब्याट्रीको तार सर्ट भई ट्यांकरको क्याबिनमा आगलागी हुँदा श्रेष्ठ घाइते भएका थिए।
शरीर जलेर गम्भीर घाइते भएका श्रेष्ठको उपचारको क्रममा निधन भएको हो। अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, ०५ चैत्र २०७८, ०८ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आगलागीमा एक जनाको मृत्यु
जनकपुर रिफाइनरीमा आगलागी, पन्ध्र करोड बराबरको क्षति
एक वर्षमा सात हजार ६४८ विपद्का घटनाः सबैभन्दा बढी आगलागी
चैनपुरमा आगलागी, पन्ध्र लाखको क्षति
देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी
असावधानीका कारण आगलागीका घटनामा वृद्धि