काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले कार्यकर्तालाई चुनावका लागि गठबन्धनको भर नपर्न निर्देशन दिएका छन्।
दाहालले काठमाडौं उपत्यका विशेष समन्वय समिति, सम्पर्क समन्वय समिति र प्रवास समन्वय समितिका नेता–कार्यकर्तालाई बुधबार प्रशिक्षण दिने क्रममा यस्तो भनेका हुन्। ‘अब हामी आफैंरएक्लै चुनाव लड्ने हो। गठबन्धनको भर नपरौं,’ दाहाललाई उद्धृत गर्दै सम्पर्क समन्वय समिति सचिवालय सदस्य अर्जुन थापाले भने।
अध्यक्ष दाहालले समानुपातिक निर्वाचनतर्फ आफूहरूले राम्रै मत पाउने दाबी गर्दै प्रत्यक्षतर्फ जति जिते पनि त्यसलाई स्वीकारेर अघि बढ्नुपर्ने बताएको जानकारी थापाले दिए। दाहालले पहिले केपी ओलीले हेपे जस्तै गरी अहिले कांग्रेसका नेताहरूले पनि माओवादीलाई हेपिरहेको भन्दै त्यस किसिमको हेपाह प्रवृत्ति सहन नहुने बताएका थिए।
‘कांग्रेसहरूले पनि ओलीले जस्तै हेपिरहे भने उनीहरूलाई पनि सिध्याउनुपर्छ,’ प्रशिक्षणमा दाहालले भनेका थिए। निर्वाचनका बेला धाँधली भए प्रतिकारमा उत्रिनसमेत दाहालले निर्देशन दिएको जानकारी थापाले दिए। ‘निर्वाचनमा धाँधली भयो भने तपाईंहरूले ठोक्नुहोस, परेको पार्टीले बेहोर्छ,’ दाहाललाई उद्धृत गर्दै थापाले भने।
अध्यक्ष दाहालले प्रशिक्षणका क्रममा राजतन्त्र र ओली दुवैलाई माओवादीकै बलमा पाखा लगाइएको बताएका थिए। उनले रुक्मागत कटवाललाई सेना प्रमुखबाट हटाउन खोज्नु र गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति नबनाउनु माओवादीको गल्ती भएको स्वीकारेका थिए। नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, ०३ चैत्र २०७८, ०८ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘महाधिवेशनमार्फत नेतृत्व हस्तान्तरण र पुनर्गठन गर्छौँ’ : ‘प्रचण्ड’
‘विभेद रहँदासम्म कम्युनिष्ट पार्टीको औचित्य रहिरहनेछ’- ‘प्रचण्ड’
समाजवाद र साम्यवादका लागि वामपन्थी एकता आजको आवश्यकता : प्रचण्ड
केपी ओली र प्रचण्डबीच अस्पतालमै भेटवार्ता
केपी ओली र प्रचण्डबीच अस्पतालमै भेटवार्ता
६ महिनाभित्र नेकपाको महाधिवेशन गर्ने प्रचण्डको लक्ष्य