कर्मचारीको भत्ता कटौती

पत्रपत्रिकाबाट

शुक्रबार, २८ बैशाख २०७५, ०८ : २८
कर्मचारीको भत्ता कटौती

काठमाडौं । सरकारले निजामती कर्मचारीले पाउँदै आएको भत्ता सुविधामा ठूलो मात्रामा कटौती गर्ने निर्णय गरेको छ। यसरी भत्ता कटौती गर्दा राज्यलाई झन्डै ६ अर्ब रुपैयाँ व्ययभार कम पर्ने सरकारी दाबी छ ।

आगामी साउन १ गतेदेखि स्थानीय भत्ता र महँगी भत्ताबाहेक सबै प्रकारका भत्ता रोक्ने निर्णय सरकारले गरेको हो । आजको नागरिक दैनिकमा खबर छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले अर्थ मन्त्रालयले प्रस्ताव गरेको सार्वजनिक खर्चमा मितव्ययिता गर्ने नीति पास गरेको छ ।

नीतिमा करिब तीन दर्जन कार्यक्रम राखिएका छन् । अर्थ मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७४/७५ मा निजामती कर्मचारीका लागि फिल्ड भत्ताबापत २० करोड ९२ लाख १२ हजार र अन्य प्रकारका भत्तामा पाँच अर्ब ६८ करोड, ७५लाख ६५ हजार छुट्ट्याएको छ । स्थानीय भत्तामा एक अर्ब ३४ करोड, ९७ लाख नौ हजार, महँगी भत्तामा तीन अर्ब ४५ लाख ८७ लाख सात हजार छुट्ट्याइएको मन्त्रालयको भनाइ छ।

प्रतिक्रिया दिनुहोस