गरिबलाई दिने कोषको पैसा चार महिनामै सकियो

पत्रपत्रिकाबाट

शुक्रबार, २८ बैशाख २०७५, ०८ : २२
गरिबलाई दिने कोषको पैसा चार महिनामै सकियो

काठमाडौं । सरकारले गरिब तथा निमुखा जनताको औषधोपचारका लागि दिँदै आएको सहयोग रकम चार महिनामै सकेको छ । रकम अभावले उपचार सहायता सेवा नै बन्द हुने तयारीमा पुगको छ ।

सरकाले गम्भीर आठ प्रकारका रोग लागेका गरिबलाई ‘विपन्न नागरिक औषधि उपचार कोष’मार्फत सहयोग दिँदै आएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोषका लागि आउने पैसा औजार, उपकरण खरिदमा खर्च गर्दा सेवा बन्द हुने चरणमा पुगेका हो ।

मन्त्रालयले विपन्नका नामका विगतदेखि नै अपुग रकम, त्यो पन उधारो सहमिति गर्दै आएको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाको गुनासो छ । चालु आर्थिक वर्षमा सरकाले विपन्न नागरिक औषधि उपचार सहायताका लागि एक अर्ब १८ करोड ९० लाख रुपैयाँ विनियोजना गरेको थियो । आजको नयाँ पत्रिकामा खबर छ ।

प्रतिक्रिया दिनुहोस