मेडिकल कलेज शुल्क विवाद : विद्यार्थीसँग सात बुँदे सम्झौता

पत्रपत्रिकाबाट

बुधबार, ०२ चैत्र २०७८, ०९ : ११
मेडिकल कलेज शुल्क विवाद : विद्यार्थीसँग सात बुँदे सम्झौता

काठमाडौं । मेडिकल कलेजहरूको शुल्कबारे आन्दोलनरत विद्यार्थी, चिकित्सा शिक्षा आयोग र मेडिकल कलेजबीच सात बुँदे सम्झौता भएको छ । सम्झौताअनुसार मेडिकल कलेजहरूले चिकित्सा शिक्षा आयोगले तोकेको शुल्कभन्दा अन्य शुल्क लिन पाउने छैनन् । 

मेडिकल विद्यार्थीसँग नोबेल मेडिकल कलेजले अतिरिक्त शुल्क लिएको भन्दै विद्यार्थीहरू आन्दोलनरत थिए । चिकित्सा शिक्षा आयोगका कार्यकारी उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरीले नोबेल मेडिकल कलेजले पनि विद्यार्थीसँग अतिरिक्त शुल्क नलिने सम्झौता गरेको जानकारी दिए । 

 आयोगले निर्धारण गरेको र निर्देशन दिएकोबाहेक अन्य कुनै पनि शुल्क कलेज प्रशासनले नलिने र विद्यार्थीसँग कुनै पनि शर्त सम्झौता नगराउन नोबेल मेडिकल कलेज सहमत भएको डा. गिरीको भनाइ छ । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस