निजी विद्यालयमा भारतीय पुस्तक

पत्रपत्रिकाबाट

शुक्रबार, २८ बैशाख २०७५, ०७ : १९
निजी विद्यालयमा भारतीय पुस्तक

सप्तरी । सरकारले शिक्षा क्षेत्रको सुधारका नियम तथा मापदण्ड अपनाउँदै आएको भए पनि सप्तरीमा भने पुरानै रबैया कायमै छ ।  शिक्षा मन्त्रालयअन्तर्गतको पाठयक्रम  विकास केन्द्रको शैक्षिक सत्र २०७५ का लागि पाठ्य सामग्रीका रुपमा प्रयोग गर्ने पुस्तकको मापदण्ड निर्धारण गरी विभिन्न प्रकाशन संस्थाको पुस्तकलाई स्वीकृति प्रदान गरेको छ ।

तर यहाँका विद्यालयले भने कमिशनको चक्करमा सरकारको उक्त व्यवस्थाको धज्जी उडाउँदै पाठ्यक्रम विकास क्न्द्रबाट स्वीकृति नै नपाएका भारतीय प्रकाशन गृहका पुस्तकहरु आ-आफ्नो विद्यालयमा लागू गरेका छन् ।

यस्तो विद्यालयको सूचीमा देखिएका छन, राजविराजको एक निजी स्कुल । उक्त स्कुलले आफ्नो विद्यालयमा नर्सरीदेखि युकेजीसम्म भारतको नयाँ दिल्लीको अरबिन्द प्रकाशनद्वारा प्रकाशित स्टेप वाई स्टेप, लर्निङ विथ साइन्स भाग १ र २ नाम पुस्तक लागू गरेको छ । उक्त पुस्तक लागू गर्न भारतीय प्रकाशक संस्था अरबिन्द प्रकाशनले विद्यालयलाई मोटो रकम दिएको छ स्रोतको भनाइ छ । आजकोगोरखापत्रमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस