रियाद । साउदी अरेबियाले कोरोना भाइरसका विरुद्धमा लगाएका अधिकांश प्रतिबन्धहरु आइतबारदेखि हटाएको छ । यहाँको स्वास्थ्य मन्त्रालयले सो विषयमा जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार यहाँका आन्तरिक हवाई उडानहरुमा अब कोरोना भाइरस संक्रमणसम्बन्धी स्वास्थ्य जाँच, पिसीआर रिपोर्ट आवश्यक नपर्ने भएको छ ।त्यसैगरी यहाँ अब सार्वजनिक स्थलहरुमा पनि उपस्थित हुन पाइने भएको छ ।
पर्यटकीय स्थलहरुमा उपस्थितिका लागि पिसीआर रिपोर्ट आवश्यक नरहेको बताइएको छ ।तर यहाँका नागरिकले घर बाहिर निस्किँदा मास्क भने लगाउनुपर्ने भएको छ । सार्वजनिक स्थलहरुमा मास्क भने अनिवार्य गरिएको बताइएको छ ।
पछिल्ला केही हप्ताहरुमा यहाँ कोरोना भाइरसको प्रकोप घट्दै गएकाले सरकारले लगाउँदै आएका प्रतिबन्धहरु हटाएको जनाएको छ । -सिन्ह्वा
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, २२ फागुन २०७८, १३ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पुटिनको साउदी र युएई भ्रमणले हलचल बढाउँदै
साउदी उडेको नेपाल एयरलाइन्स बीच बाटोबाटै फर्कियो
जोर्डनको शाही दरबारमा साउदी युवती बुहारी बनेर भित्रिदैँ
साउदीको अर्थतन्त्र ३.९ प्रतिशत बढ्यो
इरानमा चाँडै लगानी गर्न सकिन्छ : साउदी