काठमाडौं । गैरआवासीय नेपाली संघमा (एनआरएनए) को पछिल्लो निर्णयले संस्थाभित्र थप विवाद चर्किएको छ । असन्तुष्ट समूहको विरोधका बीच बुधबार बसेको केन्द्रीय समिति (आईसीसी) को बैठकले संरक्षक परिषद तथा उच्चस्तरीय समिति खारेज निर्णय गरेको छ ।
यस्तै ५ दिनभित्र प्रतिनिधि शुल्क नबुझाएमा अमेरिका, युके, अस्ट्रेलिया, जापान, क्यानडा लगायतका राष्ट्रिय समन्वय परिषद (एनसीसी)हरुको आबद्धता खारेज गरी तदर्थ कार्य समिति बनाउने जस्ता निर्णय पनि बैठकले गरेको एक पदाधिकारीले बताए ।
प्रतिनिधि विवादका कारण गत अक्टोबर २०२१ मा हुनु पर्ने गैरआवासीय नेपाली संघको दशौँ महाधिवेशन हुन नसकेकाले विवाद समाधान गरी दशौँ महाधिवेशन सम्पन्न गर्ने म्यान्डेटका साथ आइसीसीको ८१ औं बैठकले संघका प्रमुख संरक्षक शेष घलेको संयोजकत्वमा सात सदस्यीय उच्चस्तरीय समिति गठन गरेको थियो । घलेले बुधबार मात्रै आफ्नो प्रतिवेदन समितिलाई बुझाएका थिए।
संघको विधान २००३ (संशोधनसहित २०२१ अनुसार) आइसीसीले संरक्षक परिषदलाई विघटन गर्न नमिल्ने बताइएको छ । नयाँ आइसीसी गठन भएपछि मात्रै संरक्षक परिषद पनि नयाँ गठन हुने व्यवस्था छ। तर एकलौटी रुपमा संरक्षक परिषद तथा उच्चस्तरीय समिति विघटन गर्ने निर्णय भएपछि विवाद थप चर्किएको हो । अध्यक्षका उम्मेदवार कुल आचार्यलगायतका असन्तुष्ट समूहले यसको विरोध गरेका छन् ।
संघभित्र कुमार पन्त नेतृत्वको संस्थापन र आचार्य पक्षबीच विवाद रहँदै आएको छ । सो विवादका बीच चुनावी प्रक्रियामा सरकारी हस्तक्षेप समेत हुँदा संघको महाधिवेशन सर्दै आएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १९ फागुन २०७८, १३ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एनआरएनए अध्यक्षमा रोबिन शेरचनको उम्मेदवारी घोषणा
एकताको मर्म बुझाउन ग्रासरुटमा एनआरएनए
एनआरएनए महाधिवेशन फागुन ११ देखि १३ सम्म हुने, प्रवक्ता गौतमको संयोजकत्वमा एकता समिती गठन
एनआरएनएको एकता कोशेढुङ्गा सावित हुनेछ: प्रधानमन्त्री कार्की
एनआरएनएद्वारा ७५ लाख ४४ हजार लागतमा काठमाडौं ट्राफिक कन्ट्रोल रुम हस्तान्तरण
संकटको सारथि बन्दै श्रेष्ठ नेतृत्वको एनआरएनए