काठमाडौं । सुनको मूल्यमा आज गिरावट आएको छ । सोमबारको तुलनामा आज प्रतितोला ६ सय रुपैयाँ घटेको हो ।
छापावाला सुन सोमबार ९८ हजार २ सय रुपैयाँमा कारोबार भएकोमा आज ९७ हजार ६ सय रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज तेजावी सुन प्रतितोला ९७ हजार १ सय रुपैयाँ कायम भएको छ । चाँदीको मूल्यमा समेत गिरावट आएको महासंघले जनाएको छ । सोमबार १३४० रुपैयाँ प्रतितोला कारोबार भएकोमा आज १३३५ रुपैयाँमा कारोबार भएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १७ फागुन २०७८, ११ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ठमेलबाट सुनसहित २ चिनियाँ नागरिक पक्राउ
सुनको मूल्य बढ्यो, आज कतिमा हुदैछ कारोबार ?
सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
एक हप्ता पछि सुनको मूल्य तोकियो, कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य आज बढ्यो, कतिमा हुदैछ कारोबार ?
आजदेखि सुन पसल खुल्ने