काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता संसद्बाट पारित गर्ने निर्णयप्रति चौतर्फी आलोचना भएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाँच बुँदे स्पष्टीकरण दिएका छन् । पार्टीभित्रबाट समेतविरोध भएपछि उनले पाँचबुँदे स्पष्टीकरण दिँदै व्याख्यात्मक घोषणा सही कदम भएको बताएका हुन् ।
व्याख्यात्मक घोषणासँगै एमसीसी पारित गर्न लागिएको बताउँदै प्रचण्डले अब गलत व्याख्या गर्न आवश्यक नरहेको बताए । प्रचण्डले भने– ‘हाम्रो पार्टी र नेतृत्वले लिएको पछिल्लो निर्मम निर्णय सही छ ।
हामीले गरेको अनुमानभन्दा धेरै माथिबाट व्याख्यात्मक प्रस्ताव तयार भएको छ । यसबाट उत्पन्न दर्जनौं प्रश्नहरूको जवाफ दिन हामी तयार हुने नै छौं । व्याख्यात्मक टिप्पणी प्रचार गरिएको जस्तो एकतर्फी होइन, त्यसका लागि प्रतीक्षा गरौं, नेतृत्वप्रति विश्वास गरौं ।’
सबै प्रक्रियाबाट पारित दस्तावेज अस्वीकार गरे नेपालको तर्फबाट एकतर्फी सम्झौता भंग भएको घोषणा गर्न सक्ने उल्लेख गर्दै प्रचण्डले सरकार, सदन र सडकको संघर्षको एकीकृत बलबाट यो उपलब्धि प्राप्त भएको र यो सामान्य व्याख्यात्मक टिप्पणी मात्र नभई परिमार्जित नै भएको दाबी गरेको खबर नेपाल समाचारपत्रमा छापिएको छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, १६ फागुन २०७८, ०७ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मलाई चितवन ३ सँग जोड्नु रेणु र म दुवैमाथिको अन्याय होः पुष्पकमल दाहाल
निर्वाचनबारे धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै प्रचण्ड
चुनावमा प्रचण्डले देखेको यस्तो छ नेकपाको ‘सहज’ यात्रा
‘राजनीतिक स्थायित्वका लागि प्रमुख दलहरूसँग संवाद आवश्यक छ’ : ‘प्रचण्ड’
ओलीको गलत कार्यशैलीका कारण एमालेभित्र विद्रोह बढदैछ : प्रचण्ड
जनताबाट फ्याँकिएका मान्छेले चुनावबारे भ्रम छर्दैछन्: प्रचण्ड