देवघाटमा त्रिकोणात्मक पुल बन्दै, पुल एसियाकै नमुना बन्ने दाबी

प्रकाश सिग्देल

शनिबार, १४ फागुन २०७८, १४ : १२
देवघाटमा त्रिकोणात्मक पुल बन्दै, पुल एसियाकै नमुना बन्ने दाबी

चितवन । हिन्दुहरुको आस्थाको केन्द्र पबित्र धार्मीक स्थल देवघाट धाममा तिन जिल्ला जोड्ने गरि त्रिकोणात्मक पुल निर्माणको प्रक्रिया थालिएको छ । देवघाट क्षेत्रबिकास समितिले देवघाटको धार्मीक महत्व थप उर्जागर हुने भन्दै पुल बनाउन लागेको हो । तर साधु सन्तहरु भने बेणीमा पुल बनेपछी धार्मीक आस्थामा थप आच आउने बताउन थालेका छन् ।

चितवन तनहु र नवलपुर जोडने गरी पबित्र तिर्थ स्थल देवघाट धाममा त्रिकोडात्मक पुल निर्माणका लागी पहल भएको हो । देबघाटको धार्मीक महत्वलाई थप उर्जागर गर्न भिउ टावर सहितको त्रिकोणात्मक पुल निर्माणको आवस्यक प्रक्रिया थालिएको हो । पुुल निर्माणको लागी नेपाल सरकारले करिव ५२ लाख लागतमा डिपिआर समेत निर्माण गरिसकेको देवघाट क्षेत्रबिकास समितिका कार्यकारी निर्देशक धिरन घिमिरेले बताए । पुल निमार्णको बाकी काम गर्ने जिम्मा समितिबाटै निर्णय गरि पुर्व अध्यक्ष टंकनाथ पौडेललाई दिईएको उनी बताउछन् ।

पुल निर्माणका लागि सस्पेन्सन ब्रिज डिभिजन पुलचोकको टोलीले प्रारम्भिक अनुगमन गरी रिपोर्ट समेत पेश गरिसकेको छ  । काली र त्रिशुलिको संगम वेणीमा मुख्य पुलको पिल्लर रहनेछ भने त्यसबाट नवलपरासीतर्फ गैँडाकोटको केलाँदी, तनहुँको देवघाट र चितवनको भरतपुर महानगरपालिका जोडिने छ । प्रारम्भिक अध्ययनअनुसार बिचको पिल्लरबाट नवलपरासीतर्फ दुई सय २०, तनहुँतर्फ दुई सय २० र चितवनतर्फ तीन सय मिटर हाराहारी लामो पुल बन्ने देवघाट क्षेत्रबिकास समितिका पुर्व अध्यक्ष टंकनाथ पौडेलले बताए ।  पुल निर्माण गर्न झण्डै ४५ करोड खर्च हुने अनुमान गरिएको छ ।

देवघाटका स्थानियसाधुहरुले भने बेनीमा त्रिकोणत्मक पुल बनाउन नहुने बताए । स्नान स्थलको माथी पुल बनेपछि यसले भक्तजनको धार्मीक आस्थामा खलवल पार्ने भन्दै पुल बनाउन नहुनेमा जोड गरे । बेनिमा नुहाएका बेला माथिबाट फोहोर फाल्ने, स्नान गरेको भिडियो खिचि दुरुपयोग गर्ने देखि अरु अनैतिक काम हुने दाबी स्थानियको छ । 

बेनी सङ्गममा निर्माण गरिने पुल एसियाकै नमुना हुने दाबी देवघाट क्षेत्रबिकास समितिको छ । देवघाटको धार्मिक महिमालाई अरू बढाउन सहयोग पुग्ने गरी  निमार्ण गर्न लागेको पुलले हिन्दुहरुको धार्मीक आस्थामा आच नल्याओस ।  6219e6239ef22.png

प्रतिक्रिया दिनुहोस