काठमाडौं । एमसीसीका पक्षमा नउभिए गठबन्धन तोड्ने कांग्रेसको ‘चेतावनी’ पछि माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी एमसीसीप्रति नरम बन्दै गएका छन्।
गठबन्धन जोगाउन ‘एमसीसी’ अनुमोदन गराउने पक्षमा उनीहरूले पार्टीमा पनि बहस अघि बढाएका छन्। एमसीसीका पक्षमा स्पष्ट बहुमत नदेखिएपछि शुक्रबारको संसद् बैठक आइतबारलाई सारिएको छ।
अमेरिकाले यसअघि नै सोमबार (फागुन १६) भित्र संसद्बाट अनुमोदन गरिसक्न समयसीमा तोकिसकेको छ। सत्ता गठबन्धनका माओवादी केन्द्र र एकीकृत समाजवादीको ‘पूरापूर भर’ नगरेका प्रधानमन्त्री देउवाले विपक्षी एमालेसँग पनि सहयोगका लागि वार्ता र छलफल तीव्र पारेका छन्। कांग्रेस र एमालेबीच सहमति नभएपछि प्रचण्डले शुक्रबार बिहानै शीर्ष नेताको बैठक बसाए। सुदूरपश्चिम पुगेका एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई काठमाडौं फर्किन आग्रह गरे।
नेपाल फर्केलगत्तै प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगे। उनले एमसीसी अनुमोदनका पक्षमा ‘सकारात्मक’ वचन दिएको कांग्रेसी नेताहरूको भनाइ छ। त्यसपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र अर्थमन्त्री जनार्दन शर्मा पनि प्रधानमन्त्री भेट्न बालुवाटार पुगे। माओवादी केन्द्रको शीर्ष नेताको बैठकले गठबन्धन जोगाउने र एमसीसी पास गर्न दिने निर्णय गरेको थियो।
त्यही निर्णय सुनाउन प्रचण्ड र अर्थमन्त्री बालुवाटार पुगे। यसअघि माओवादीले एमसीसी संसद्मा टेबल भए सरकार छोड्ने र एमसीसीका विपक्षमा मतदान गर्ने निर्णय गरेको थियो। अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, १४ फागुन २०७८, ०७ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मलाई चितवन ३ सँग जोड्नु रेणु र म दुवैमाथिको अन्याय होः पुष्पकमल दाहाल
निर्वाचनबारे धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै प्रचण्ड
चुनावमा प्रचण्डले देखेको यस्तो छ नेकपाको ‘सहज’ यात्रा
‘राजनीतिक स्थायित्वका लागि प्रमुख दलहरूसँग संवाद आवश्यक छ’ : ‘प्रचण्ड’
ओलीको गलत कार्यशैलीका कारण एमालेभित्र विद्रोह बढदैछ : प्रचण्ड
जनताबाट फ्याँकिएका मान्छेले चुनावबारे भ्रम छर्दैछन्: प्रचण्ड