प्रशासकीय अधिकृत सुरुवाको विरोधमा हंसपुर नगरपालिकामा तालाबन्दी

सफल खबर संवाददाता

विहीबार, १२ फागुन २०७८, १६ : ४०
प्रशासकीय अधिकृत सुरुवाको विरोधमा हंसपुर नगरपालिकामा तालाबन्दी

धनुषा । धनुषाको हंसपुर नगरपालिकामा तालाबन्दी गरिएको छ । विकास निर्माणको समयमा प्रमुख प्रशासकीय अधिकृत केशव अधिकारीलाई सरुवा गरिएको भन्दै स्थानीयवासीले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन् ।

नगर प्रमुख रामज्ञान मण्डलले फर्जी कागजात तयार गरेर प्रमुख प्रशासकीय अधिकृत अधिकारीलाई सरुवा गर्न लगाएको र विकास निर्माणको काममा व्यापक अनियमिता गरेको आरोप लगाउँदै बिहीबार स्थानीय युवा बलिराम कापडीको नेतृत्वमा स्थानीयवासीले कार्यालयको प्रवेश द्वारमा ताला लगाएका हुन् ।

नगर प्रमुख मण्डलले पुनः नगरपालिकालाई भ्रष्टाचार, अनियमितता गैरकानुनी काम गर्ने मनसायले फर्जी डकुमेन्ट पेस गरि फर्जी हाकिम पठाउने प्रयासको साथै फर्जी कार्यपालिका बैठक गरेको विरुद्धमा ताला लगाइएको कापडीले बताए । 

उनले अधिकृत अधिकारीको स्थानमा यसअघि जिल्ला विकास समिति धनुषामा कार्यरत रहँदा भ्रष्टाचारको मुद्दा खेपिसकेका रामभजन यादवलाई यहाँ ल्याउने तयारी गरेपछि त्यसको विरोधमा आफूहरूले ताला लगाएको जानकारी दिए । धमाधम विकासको काम हुनुपर्ने समयमा अनुभवी अधिकृतलाई सरुवा गराएर विकास अवरुद्ध गर्ने कार्यमा स्वयं नगरप्रमुख मण्डल नै लागेको कापडीले आरोप लगाए ।

 

प्रतिक्रिया दिनुहोस