कायम मुकायम प्रधानन्यायाधीश कार्कीले बोलाए न्याय परिषदको बैठक

सफल खबर संवाददाता

बुधबार, ११ फागुन २०७८, १३ : १४
कायम मुकायम प्रधानन्यायाधीश कार्कीले बोलाए न्याय परिषदको बैठक

काठमाडौं ।कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्याय परिषदको बैठक बोलाएका छन् । उनले सर्वोच्च अदालतको नेतृत्व सम्हालेपछि पहिलोपटक परिषदको बैठक बोलाएका हुन् ।

परिषदमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडु, वरिष्ठतम न्यायाधीशको रुपमा मीरा खड्का र दुई सदस्यहरु रामप्रसाद श्रेष्ठ र रामप्रसाद भण्डारी सहभागी हुनेछन् ।

बुधबारको बैठकले विशेष अदालतमा रिक्त अध्यक्ष र सदस्य पदमा न्यायाधीश सिफारिस गर्ने परिषदका प्रवक्ता एवं सहसचिव मानबहादुर कार्कीले जानकारी दिए । पाँच जना न्यायाधीश रहने विशेष अदालतमा हाल दुई जना मात्र रहेका छन् ।त्यस्तै परिषदले अरु न्यायाधीश सरुवा र केहीको पदस्थापनको निर्णयसमेत गर्नेछ  ।

प्रतिक्रिया दिनुहोस