जस्केलाबाट मोबाइल सेवाको लाइसेन्स सीजीलाई

सफल खबर संवाददाता

बुधबार, ११ फागुन २०७८, १२ : १८
जस्केलाबाट मोबाइल सेवाको लाइसेन्स सीजीलाई

काठमाडौं । केही महिनाभित्रै चौधरी ग्रुपको सीजी टेलिकम्युनिकेसन्सले आधारभूत टेलिफोन सेवाको अनुमतिपत्र (मोबाइल सर्भिस लाइसेन्स) पाउने निश्चित भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की जसरी भए पनि सीजीलाई लाइसेन्स दिलाउने गृहकार्यमा छन् ।

सीजीलाई पायक पर्ने गरी सबै खालको नीतिगत बन्दोबस्त गरिसकेर ‘बन्डल’मा लाइसेन्ससहित फ्रिक्वेन्सी दिने मन्त्रालयको तयारी छ । अहिले सेवा दिन नसकेर थलिएका टेलिकम कम्पनीहरूका लाइसेन्स खारेजीपछि cGo फ्रिक्वेन्सी सीजीलाई जिम्मा लगाउने योजना छ ।


 

प्रतिक्रिया दिनुहोस