बाँदरझुलामा विद्युत सेवा विस्तारका लागि बोलपत्र आह्वान

सफल खबर संवाददाता

बुधबार, ११ फागुन २०७८, ११ : २२
बाँदरझुलामा विद्युत सेवा विस्तारका लागि बोलपत्र आह्वान

चितवन । चितवनको माडी नगरपालिकाका बिभिन्न स्थानमा विद्युत सेवा विस्तारका लागि बोलपत्र आह्वान भएको छ ।

नेपाल विध्युत प्राधिकरणको चनौली वितरण केन्द्रले माडी नगरपालिका ९ बाँदरझुलामा विद्युत सेवा विस्तार र वडा नम्बर १ देखि ८ को बिभिन्न स्थानमा कृषि तथा मत्स्यपालनमा विद्युतिकरणका लागि आज (बुधबार) बोलपत्र आह्वान गरेको हो ।

बाँदरझुलामा विद्युत सेवा विस्तारका लागि दुई करोड ४२ लाखको बोलपत्र आह्वान भएको जारी सूचनामा उल्लेख छ । यस्तै माडी वडा नम्बर १ देखि ८ सम्म कृषि तथा मत्स्यपालनमा विद्युतिकरणका लागि दुई करोड २५ लाखको बोलपत्र आह्वान भएको हो ।

उक्त क्षेत्रका सांसद समेत रहेका पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी (केन्द्) का अध्यक्ष पुष्पकमल दाहालको पहलमा विद्युत सेवा विस्तारका लागि बोलपत्र आह्वान भएको भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले जानकारी दिईन् ।

प्रतिक्रिया दिनुहोस