काठमाडौं । गृह मन्त्रालयले विगत केही दिनयता हिंसाजन्य गतिविधि भइरहेकोप्रति आपत्ति जनाउँदै त्यस्ता गतिविधि नगर्न निर्देशन दिएको छ । हिंसाजन्य गतिविधि नगर्न र सार्वजनिक तथा निजी सम्पत्ति तोडफोड नगर्न मन्त्रालयले निर्देशन दिएको हो ।
मंगलबार साँझ एक विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयले फागुन ८ गते भएका प्रदर्शनका क्रममा सांसदहरूलाई संसद भवनमा आउन नदिने, पूर्वप्रधानमन्त्री चढेको गाढीमा ढुंगा हान्ने हर्कत भएको उल्लेख गर्दै त्यसप्रति मन्त्रालयको ध्यानाकर्षण भएको जनाएको छ । यस्ता घटनाको छानबिन हुने मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
'हिंसात्मक कार्यको नेपाल सरकार भत्सर्ना गर्दछ । त्यस्ता घटनामा संलग्न व्यक्तिहरू छानविनको क्रममा रहेका छन् । यस्ता प्रकृतिका घट्नाको नेपाल सरकार गम्भिरतापूर्वक निगरानी गरिरहेको छ,' मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १० फागुन २०७८, १८ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृह मन्त्रालयले ओली र दाहालका मापदण्ड विपरीतका सुरक्षाकर्मी फिर्ता बोलायो
अध्यागमन र भिजिट भिसा प्रकरणको प्रतिवेदन गृह मन्त्रालयमा पठाउने निर्णय
विरोधका कार्यक्रम शान्तिपूर्ण ढङ्गबाट गर्न गृह मन्त्रालयको आग्रह
फरार अभियुक्त पक्राउ गर्न गृह मन्त्रालयले बढायो सक्रियता
कर्मचारीलाई कडा निर्देशनः २४ घण्टाभित्र हाजिर नभए कारबाही (सूची)
स्पेन प्रकरण छानबिनका लागि गृह मन्त्रालयमा उच्चस्तरीय बैठक