काठमाडौं । गृह मन्त्रालयले विगत केही दिनयता हिंसाजन्य गतिविधि भइरहेकोप्रति आपत्ति जनाउँदै त्यस्ता गतिविधि नगर्न निर्देशन दिएको छ । हिंसाजन्य गतिविधि नगर्न र सार्वजनिक तथा निजी सम्पत्ति तोडफोड नगर्न मन्त्रालयले निर्देशन दिएको हो ।
मंगलबार साँझ एक विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयले फागुन ८ गते भएका प्रदर्शनका क्रममा सांसदहरूलाई संसद भवनमा आउन नदिने, पूर्वप्रधानमन्त्री चढेको गाढीमा ढुंगा हान्ने हर्कत भएको उल्लेख गर्दै त्यसप्रति मन्त्रालयको ध्यानाकर्षण भएको जनाएको छ । यस्ता घटनाको छानबिन हुने मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
'हिंसात्मक कार्यको नेपाल सरकार भत्सर्ना गर्दछ । त्यस्ता घटनामा संलग्न व्यक्तिहरू छानविनको क्रममा रहेका छन् । यस्ता प्रकृतिका घट्नाको नेपाल सरकार गम्भिरतापूर्वक निगरानी गरिरहेको छ,' मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १० फागुन २०७८, १८ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
होटेल-रेष्टुरेन्टको अनुगमन कडा बनाउन गृह मन्त्रालयको निर्देशन
गृह मन्त्रालयद्वारा हुम्ला-बाजुरा सीमा क्षेत्रमा भएको घटनाबारे छानबिन टोली गठन
सि चिनफिङको पुस्तक जलाउने घटनामा छानबिन गरी दोषीमाथि कारवाही गर्न गृहको निर्देशन
इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय
गृह मन्त्रालयको नियन्त्रण कक्षबाट देशभरको निर्वाचन सुरक्षा गतिविधि अनुगमन
निर्वाचनको सम्पूर्ण तयारी पूरा : गृह मन्त्रालय