फागुन ८ गते पक्राउ परेका पार्टीका केन्द्रीय सदस्यलाई रिहा गर्न क्रान्तिकारी माओवादीको माग

सफल खबर संवाददाता

मंगलबार, १० फागुन २०७८, १४ : २१
फागुन ८ गते पक्राउ परेका पार्टीका केन्द्रीय सदस्यलाई रिहा गर्न क्रान्तिकारी माओवादीको माग

काठमाडौं । मोहन वैद्य किरण नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले यही फागुन ८ गते गरेको नेपाल बन्दका क्रममा पक्राउ परेका पार्टीका केन्द्रीय सदस्यलाई रिहा गर्न आग्रह गरेको छ ।

मंगलबार पार्टीका महासचिव मोहन वैद्य किरणले विज्ञप्ति जारी गर्दै अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा गरिएको नेपाल बन्दका क्रममा पक्राउ परेका केन्द्रीय सदस्य वसन्त बोगटी र सुनिता बुढाथोकीलाई रिहा गर्न माग गरेका हुन् ।

क्रान्तिकारी माओवादीले आफ्नो पार्टी र अन्य पार्टीका नेता तथा कार्यकर्तालाई झुट्टा मुद्दा लगाएको भन्दै अविलम्ब र निःशर्त रिहाइको माग गरेको हो ।


 

प्रतिक्रिया दिनुहोस