उदयपुर सिमेन्टले गर्यो बोलपत्र आह्वान

सफल खबर संवाददाता

मंगलबार, १० फागुन २०७८, १३ : २०
उदयपुर सिमेन्टले गर्यो बोलपत्र आह्वान

उदयपुर । उदयपुर सिमेन्टले खानीबाट चुनढुंगा ढुवानी गर्न बोलपत्र आह्वान गरेको छ । उद्योगले सिन्धुलीस्थित खानीबाट चुनढुंगा ओसार्न बोलपत्र आह्वान गरेको हो ।

खानीबाट ढुवानीकर्ताकै साधनबाट लोडिङ गर्नेगरी करिब ३ किलोमिटर वरिपरिबाट ५० हजार मेट्रिक टन चुनढुंगा ढुवानी गर्न बोलपत्र आह्वान गरेको हो ।

उद्योगले दुई थान ‘कोल मिल रोलर हब’ खरिद गर्न इजाजत प्राप्त इच्छुकहरूबाट समेत बोलपत्र आह्वान गरेको छ ।

प्रतिक्रिया दिनुहोस