थप ३५० जनामा कोरोना संक्रमण पुष्टि

सफल खबर संवाददाता

शनिबार, ०७ फागुन २०७८, १७ : ०२
थप ३५० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा ३५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने चार जनाको मृत्यु भएको छ ।

यही अवधिमा थप १ हजार २७२ जना निको पनि भएका छन् । नेपाल कूल सङ्क्रमित मध्ये ९ लाख ५० हजार ५६ जना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा निको हुने दर ९७.४ प्रतिशत रहेको छ । योसँगै नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या १३ हजार ३५७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ४ जनाले ज्यान पनि गुमाएका छन् । नेपालमा हालसम्म ११ हजार ९१७ जनाले ज्यान गुमाइसकेका छन् । यता, थप ७ लाख ६९ हजार ५७६ जनाले खोप लगाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस