निर्माण व्यवसायीको कामबाट भरतपुर महानगर प्रमुख रेनु दाहाल असन्तुष्ठ

बजेट ल्याउन भन्दा पनि ठेकेदारलाई काम लगाउन सकस

प्रकाश सिग्देल

शुक्रबार, ०६ फागुन २०७८, १६ : २५
निर्माण व्यवसायीको कामबाट भरतपुर महानगर प्रमुख रेनु दाहाल असन्तुष्ठ

चितवन । भरतपुर महानगरभित्र संचालित योजनाहरुलाई निर्धारित मितिमै सम्पन्न गर्न महानगर प्रमुख दाहालले निर्देशन दिएकी छिन ।सघन शहरी तथा भवन निर्माण आयोजना, सडक डिभिजन र भतपुर महानगरले संचालन गरेका निर्माणाधीन आयोजनाहरु समयमै सम्पन्न गरी नगर विकासको महानगरको अभियानलाई सार्थक बनाउन दाहालले निर्माण ब्यवसायीलाई निर्देशन दिएकी हुन् ।  

महानगर प्रमुख रेनु दाहालको अध्यक्षतामा भएको निर्माण व्यवसायी र सरकारी कार्यालयका अधिकारी बिचको कार्य समिक्षा बैठकमा यस्तो निर्देशन दिईएको हो । सो अवसरमा निर्माण व्यवसायीको समस्या सुनेपछि महानगर प्रमुख दाहालले धेरै वाहानावाजीब गरेर काममा ढिलाई गर्ने छुट अब निर्माण व्यवसायीलाई नभएको बताईन् । महानगरमा विकासका लागि बजेट पार्न भन्दा पनि निर्माण कार्य सम्पन्न गर्न ठुलो चुनौति रहेको उनको भनाई थियो । निर्माण व्यवसायीले गरेको काम बाट आफु खुसी नभएको बताउँदै उनले निर्धारित मितिमा काम सम्पन्न नगरे अब समय थप नहुने चेतावनी दिईन् ।

निर्माण व्यवसायीलाई परेको समस्या समाधानमा महानगर जुनसुकै बेला पनि तयार रहेको भन्दै दाहालले ईमान्दारीपुर्वक काम गर्न निर्मार्ण व्यवसायीलाई आग्रह गरिन । सो अवसरमा निर्माण व्यवसायीहरुले खानेपानी, वन बिद्युतका कारण निर्र्माण कार्य समयमै हुन नसकेो बताएका थिए ।

त्यस्तै माटो र ग्राबेलको अभावका कारण पनि काम गर्न समयमै नसकिएको बताएका थिए । मेयर दाहालले प्रक्रिया पुराएर कबिलासमा ६ ठाउँमा उत्खन्नको अनुमति दिने र नदीमा पनि ठेक्का लगाउने बताएकी थिईन् ।

समय भित्रै बाकी काम सक्नुस् : उपमेयर ठकुरी

सो अवसरमा महानगर उपप्रमुख पार्वती शाह ठकुरीले निर्माण व्यवसायीले ईमान्दारी पुर्वक काम गरेर महानगरको विकासमा  साथ दिन आग्रह गरिन । निर्माण व्यवसायीले समयमै राम्रो र गुणस्तरीय काम गरेमात्रै आफुहरुले गरेको मेहनत देखिने भन्दै उनले यही चैत्र सम्म बाकी सबै आयोजनाको काम सक्न निर्देशन दिईन् ।

गुणस्तरमा बिशेष ध्यान दिनुस : सहायक प्रजिअ शर्मा

कार्यक्रममा चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिबी शर्माले एकले अर्कालाई दोष लगाएर भन्दा पनि सबैले समन्वय गरेर विकासको काम गर्नु पर्ने बताए । आवस्यक समन्वय र शान्ति शुरक्षाका हकमा प्रशासन तयार रहेको भन्दै निर्माण कार्यगर्दा गुणस्तरमा बिशेष ध्यान दिन आग्रह गरे । गुणस्तर हिन काम गर्ने र समयमै काम नगर्नेहरु माथी प्रशासन कडा बन्ने उनले चेतावनी दिए ।

कर्यक्रममा भरतपुर महानगर प्रवक्ता अरुण पिडित भण्डारीले निर्माण व्यवसायीले अरुलाई मात्रै दोष नदेखाई आफनो जिम्मेवारी अन्त्रगतको काम प्रभावकारी तवरबाट गर्न निर्देशन दिए  ।

छलफलमा सहभागी सबै जसो निर्माण व्यवसायीले आफुले संचालन गरेको आयोजनाको कार्यप्रगतीका बारेमा जानकारी गराएका थिए भने सरकारी कार्यालयका अधिकारहिरुले काममा आवस्यक समन्वय गर्ने प्रतिवद्धता जनाएका थिए ।

बैठकले गर्यो यस्तो निर्णय

१,सघन शहरी तथा भवन निर्माण आयोजनाको प्यकेज १ र २ अन्त्रगतको सडक खण्डको बाकी काम  चैत्र २५ गते भित्र सम्पन्न गर्ने ।  अहिले प्रगती कम भएको सहिदचोक धर्मचोक,सडक खण्ड,पुलचोक रिगंरोड खण्डको बाकी काम निर्माण कार्यलाई तिब्रता दिने ।  

२,प्याकेज ३ अन्त्रगत वसपार्क ( मन्दिर  एप्रोच सडक) को सम्पूर्ण निर्माण काम चैत्र २८ भित्र सम्पन्न गर्न र बसपार्कको बाकी काम १५ दिन भित्र सम्पन्न गर्ने ।  

३,भरतपुर महानगर सिटीहलको निर्माण तोकिएको समय भित्र सम्पन्न गर्ने

४, देवघाट शबदाह गृहयो निर्माण को प्रगति सन्तोषजनक नदेखिएकाले यसलाई तिब्र गतिमा निर्माण गरी हरेक ७ दिनमा प्रगती कार्यालयमा पेश गर्न निर्माण कम्पनिलाई निर्र्देशन गर्ने ।

५, नदीजन्य निर्माण सामग्रीको सम्बन्ध महानगरले कबिलासमा आई इ इ सम्पन्न गरिसकेकोले त्यही बाट निमार्ण सामाग्री भिक्नका लागि कार्यआदेश दिने । त्यस्तै सडक र खानेपानी बिद्युत संग समन्वय गर्ने काममा महानगरले भुमिका खेल्ने ।

६, सडक डिभिजन कार्यालय अन्त्रगत रहेको ६ लेन सडक  विस्तार तथा स्तरोउन्नती कार्यको लागि खानेपानी पाईप स्थान्तरण, गोन्द्रागंमा रहेका सालका रुखहरु कटान तथा चौबिसकोठी पुलचोक सडकमा बिजुलीका पोलहरु सार्ने कार्य चैत्र मसान्त सम्म सक्ने ।  

७, हुलाकी सडक आयोजनाको हाकिमचोकदेखी पकौडी सडकमा रहेका खानेपानिका पाईप तथा बिजुलीका पोलहरु सार्ने कार्यमा संलग्न सबै पक्षले छिटो भन्दा छिटो काम सम्पन्न गर्ने ।

८, बाईपास सडकको निर्माण सम्बन्धमा भएका समस्या डिभिजन वन कायालय चितवनले सहजिकरण र समन्वय गरिदिने र खानेपानीको पाईपका सम्बन्धमा खानेपानिले सहजीकरण गर्ने पनि निर्णय भएको छ ।

कार्यक्रममा महानगरका बरिष्ठ ईन्जिनिर्यस भरत आचार्यले सहजीकरण गरेका थिए ।