फिलिपिन्समा कार दुर्घटनामा परी वायुसेनाका ३ सैनिकको मृत्यु

एजेन्सी

शुक्रबार, ०६ फागुन २०७८, १४ : ४७
फिलिपिन्समा कार दुर्घटनामा परी वायुसेनाका ३ सैनिकको मृत्यु

मनिला । मेट्रो मनिलाको प्रमुख राजमार्गमा यात्रा गर्ने क्रममा शुक्रबार बिहानै कार कंक्रिटको अवरोधमा ठोक्किएर आगलागी हुँदा तीन फिलिपिन्स वायुसेना सैनिकको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

वायुसेनाले स्थानीय समय अनुसार बिहान ३ बजे (१९०० जीएमटी) केही समय अगाडि दुर्घटना हुँदा कारमा चार सैनिक रहेको बताएको छ ।‘दुर्घटनामा फिलिपिन्स वायुसेनाका चारजना कर्मचारी थिए। तीन जनाको मृत्यु भएको पुष्टि भएको छ’, सैनिकले जनाएको छ । दुर्घटनामा घाइते भएका चालकको राजधानी क्षेत्रको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

विज्ञप्तीमा भनिएको छ, ‘यो घटना के कारणले भयो ? भन्ने परिस्थितिको बारेमा अहिलेसम्म कुनै जानकारी आएको छैन’, वायुसेनाले दुर्घटनाको अनुसन्धान गरिरहेको छ।