काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी संसद्बाट अघि बढाउने विषयमा सत्तारूढ गठबन्धनभित्र सहमतिको वातावरण बन्ने भन्दा वातावरण झन् विग्रिदै गएको छ ।
गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेस जसरी पनि एमसीसी संसद्बाट अघि बढाउने पक्षमा छ भने गठबन्धनमा आबद्ध दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी संशोधनबिना एमसीसी अघि बढाउनै नसकिने अडानमा छन् ।
ती दुई दलले बिहीबारको गठबन्धन बैठकमा पनि अडान कायम राखेपछि सरकारको नेतृत्व गरेको दल कांग्रेस विकल्पको खोजीमा अघि बढेको छ । कांग्रेसले प्रमुख प्रतिपक्षी नेकपा एमालेसँगको संवादलाई पनि तीव्रता दिएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धन बैठकमा एमसीसी जसरी पनि अघि बढाउने भन्दै सहमति दिन देउवाले माओवादी अध्यक्ष दाहाल र नेकपा एसका अध्यक्ष माधव नेपालसँग बिहीबार पनि आग्रह गरेका थिए । राज्धानि दैनिक मा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, ०६ फागुन २०७८, ०७ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमसीसीकी प्रमुख कार्यकारी अधिकृत एलिस नेपाल आउँदै
एमसीसीकी सीईओ अल्ब्राइट नेपाल आउँदै
एमसीसीबाट नेपालले देशको हित हुनेगरी लाभ लिनुपर्छ : सभामुख घिमिरे
एमसीसी कार्यान्वयनविरुद्ध विप्लव र मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीले गर्यो विरोध
एमसीसी परियोजना आजदेखि कार्यान्वयनमा, अर्थ मन्त्रालयमा गरियो 'लन्च'
व्याख्यात्मक घोषणा झुटको खेस्रो, एमसीसी कार्यान्वयनमा जान्छ : केपी ओली