काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा आज ११औं चरणका अन्तिम दुई खेल हुनेछ । मछिन्द्र एफसीले बिहीबार सातदोबाटोलाई हराएर लिग उपाधि पक्का गरेसँगै अब उपाधि होड सकिएको छ ।
तर शीर्ष तीनमा रहने, मिड टेबलमा रहने र रेलिगेसनबाट जोगिनका लागि अझै क्लबहरू प्रतिस्पर्धामा छन् ।आज दोस्रो स्थानमा रहेको मनाङ मर्स्याङ्दी क्लबले एपीएफ एफसीसँग र एनआरटीले संकटा क्लबसँग खेल्दैछ । दुवै खेल दिउँसो एक बजे सुरु हुनेछ ।
उपाधि मछिन्द्रले जितेपछि अब मनाङको लक्ष्य दोस्रो स्थानमै रहेर लिग सक्ने हुनेछ । १० खेलबाट मनाङको २० अंक छ । आजको खेल जिते मनाङले तेस्रो स्थानको आर्मीमाथि ४ अंकको अग्रता बनाउनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०५ फागुन २०७८, ११ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मनाङविरुद्ध मछिन्द्रको उत्कृष्ट पुनरागमन
ए डिभिजन लिगमा मछिन्द्रद्वारा दोस्रो स्थान सुरक्षित
ए डिभिजन लिग : आज तीन खेल हुँदै
हिमालयन शेर्पा र एनआरटीको बराबरी
ए डिभिजन लिगः एनआरटीमाथि पुलिसको रोमाञ्चक जित
ए डिभिजन लिगः आज तीन खेल हुँदै