ए डिभिजन लिगः ब्रिगेड ब्वाइज र च्यासल तथा जावलाखेल र फ्रेन्ड्स क्लब भिड्दै

सफल खबर संवाददाता

मंगलबार, ०३ फागुन २०७८, १२ : ३७
ए डिभिजन लिगः ब्रिगेड ब्वाइज र च्यासल तथा जावलाखेल र फ्रेन्ड्स क्लब भिड्दै

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आजबाट ११ औं चरणको खेलहरु सुरु हुँदैछ ।

लिगको ११ औं चरण अन्तर्गत आज दुई खेल हुनेछन् । दशरथ रंगशाला र एन्फा कम्प्लेक्समा एकै समयमा दुई खेल हुनेछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा ब्रिगेड ब्वाइज र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ ।

पुछारका दुई टोली ब्रिगेड र च्यासल जित निकाल्ने योजनासहित मैदान उत्रने छन् । रेलिगेसनबाट जोगिन दुबैका लागि यस खेल महत्वपूर्ण रहेको छ । ब्रिगेड १० खेलमा ६ अंक जोडेर १३ औं स्थानमा रहेको छ । ५ अंक जोडेर च्यासल पुछारमा रहेको छ ।

यता, सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेलमा जावलाखेल युथ क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । जावलाखेल ९ अंक जोडेर ११ औं स्थानमा रहेको छ । फ्रेन्ड्स ६ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस