काठमाडौँ । कांग्रेसको संसदीय दलको बैठक आज मंगलबार बस्दैछ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएपछि काँग्रेसले यसबारे थप छलफल गर्न लागेको हो ।
कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुषालले बैठक बिहान ९ बजेका लागि बोलाइएको बताइन् ।
बैठकमा मुख्य एजेण्डा जबराविरुद्ध आइतबार दर्ता भएको महाभियोग प्रस्तावको समीक्षा र आगामी रणनीति तय गर्ने हुने उनको भनाइ छ ।
आइतबार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका ९८ जना सांसदले जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराएका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०३ फागुन २०७८, ०९ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्रियाशील सदस्यता वितरणका लागि काँग्रेसले खटायो ७७ जिल्लामा प्रतिनिधि (सूचीसहित)
काँग्रेसको क्रियाशील सदस्यता सम्बन्धी फेरि नयाँ तालिका सार्वजनिक
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
काँग्रेस सभापति गगन थापा रास्वपा महाधिवेशनमा जाने
कांग्रेस संसदीय दलको बैठक बस्दै
कांग्रेस सांसदको प्रश्न- अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा थुनेर पक्राउ पुर्जी जारी गर्न लाएको कुरा के हो ?