खोटाङमा घट्दै संक्रमितको संख्या

सफल खबर संवाददाता

शनिबार, २९ माघ २०७८, १८ : ५७
खोटाङमा घट्दै संक्रमितको संख्या

काठमाडौं । खोटाङमा कोरोनाका सक्रिय संक्रमितको संख्या लगातार घट्दो क्रममा रहेको छ । २७ माघमा एक सय २२ र २८ माघमा एक सय १४ जना सक्रिय संक्रमित रहेको जिल्लामा २९ माघमा घटेर एक सय दुईमा झरेको छ ।

शनिबार एकै साथ १४ जनाले कोभिड–१९ को संक्रमणलाई जितेका छन् । यस्तै २० जनाको एन्टीजेन परीक्षण गर्दा दुई जनालाई मात्र कोभिड–१९ को संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय खोटाङका कोभिड फोकल पर्सन भिष्म पाण्डेले जानकारी दिए । हालका सक्रिय संक्रमित होमआइसोलेसनमै बसिरहेका छन् । 

जिल्लामा कोरोना संक्रमणको पहिलो, दोश्रो र तेश्रो लहरमा गरी हालसम्म तीन हजार चार सय २६ जनामा संक्रमण पूष्टि भएको छ । त्यसमध्ये निको हुनेको कुल संख्या तीन हजार तीन सय आठ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ । हालसम्म जिल्लाका एक लाख १६ हजार ६ सय ८९ जनाले पहिलो मात्रा र ६७ हजार २९ जनाले दोश्रो मात्रा खोप लगाइसकेका छन् । कोभिड–१९ को पहिलो र दोश्रो लहरमा जिल्लाका १५ जनाले ज्यान गुमाएका थिए । 

जिल्लामा महामारीमा उपयोगका लागि जिल्ला अस्पतालसहित सात अस्पतालमा दुई सय ३४ बेड उपलब्ध छ । यस्तै, एक थान भेन्टिलेटर, सात वटा एम्बुलेन्स, दुई सय थान अक्सिजन सिलिण्डर र ३७ थान अक्सिजन कन्सन्ट्रेटर रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले संक्रमणबाट बच्नका लागि स्वास्थ्य सुरक्षा सावधानी अपनाउन आग्रह गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस