रौतहटमा शलले घाँटी कसेको अवस्थामा किशोरीको शव भेटियो

सफल खबर संवाददाता

बुधबार, २६ माघ २०७८, १५ : १९
रौतहटमा शलले घाँटी कसेको अवस्थामा किशोरीको शव भेटियो

काठमाडौं । रौतहटमा १९ वर्षीया किशोरीको शव भेटिएको छ ।

जिल्लाको ईशनाथ नगरपालिका–९ का कलाम मियाकी १९ वर्षीया छोरी चाँदनी खातुनको शव लवतना र मठिया टोलको बीचमा रहेको गहुँखेतमा भेटिएको जिल्ला प्रहरी कार्यालय, रौतहटले जनाएको छ ।

शलले घाँटी कसेको अवस्थामा शव भेटिएको रौतहटका प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिए । घटनाको भएको खबर पाउनेबित्तिकै घिमिरे आफैँ घटनास्थल पुगेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस