महाभारतका ‘भीम’ अर्थात प्रविण कुमारको निधन

एजेन्सी

मंगलबार, २५ माघ २०७८, १३ : २४
महाभारतका ‘भीम’ अर्थात प्रविण कुमारको निधन

काठमाडौं । बीआर चोपडाको चर्चित धारावाहिक महाभारतमा ‘भीम’ को भूमिका निभाएका अभिनेता प्रवीण कुमार सोबतीको निधन भएको छ । उनको ७४ वर्षको उमेरमा मंगलबार निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रवीण लामो समयदेखि बिरामी थिए । उनी लामो समयदेखि रोग र आर्थिक संकटसँग जुधिरहेका थिए ।महाभारत धारावाहिकबाहेक उनले अन्य थुप्रै धारावाहिक र बलिउड फिल्ममा पनि अभिनय गरेका थिए । ५० भन्दा बढी चलचित्रमा काम गरेका अभिनेता प्रवीणको अन्तिम चलचित्र सन् २०१३ मा रिलिज भएको थियो । उनको पछिल्लो चलचित्र ‘महाभारत और बर्बर’ रिलिज भएको थियो ।

त्यसपछि अभिनय छोडेर प्रवीण कुमार राजनीतिमा प्रवेश गरेका थिए । उनले दिल्लीको वजिरपुरबाट आम आदमी पार्टीको टिकटमा चुनाव लडे । तर जित्न सकेनन् र केही समयपछि उनी भाजपामा प्रवेश गरे ।

फिल्ममा काम गर्नु अघि प्रविण कुमार एक खेलाडीसमेत थिए । खेलकुदमा समेत नाम कमाएका प्रवीण कुमारले एशियन गेम र ओलम्पिकमा पनि प्रदर्शन गरेर लोकप्रिय भएका थिए । उनले हङकङमा भएको एसियाली खेलकुदमा भारतका लागि स्वर्ण पदक जितेका थिए । उनले दुई पटक ओलम्पिकमा पनि देशको प्रतिनिधित्व गरेका थिए । उनले सन् १९६० र ७० को दशकमा एथलेटिक्समा पनि निकै लोकप्रियता हासिल गरेका थिए । नको आजै पञ्जाबी बागस्थित श्मशान स्थलमा अन्तिम संस्कार गरिने छ ।

 

प्रतिक्रिया दिनुहोस