काठमाडौँ । काठमाडौँमा दुई जनासहित देशभर १२ जना मृत फेला परेका छन् । काठमाडौँ महानगरपालिका–९ बत्तीसपुतलीस्थित खुम्बिला होटल नजिक सडक पेटीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी २५ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका हुन् । यसैगरी काठमाडौँ गोकर्णेश्वर नगरपालिका २ सुन्दरीजल पण्डीत गाउँस्थित प्लटिङमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् ।
यता गोरखाको गोरखा नगरपालिका(४ फिनाम पन्थीस्वारा बस्ने ६० वर्षीया ठुली खन खवास घर नजिकै बारीमा शुक्रबार मृत अवस्थामा फेला परेकी छन् । बैतडीको दशरथचन्द नगरपालिका(२ सौरेनिगडा बस्ने ४५ वर्षीय मान सिंह रावत घर नजिकै बाटोमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । नेपाल विद्युत प्राधिकरण गोठालापानीमा करारमा कार्यरत रावत बिहीबार राति कार्यालयबाट घर फर्केकोमा घरमा नआएपछि खोजी गर्ने क्रममा उक्त स्थानमा उनको शव फेला परेको हो ।
त्यस्तै धनकुटाको महालक्ष्मी नगरपालिका ५ लेगुवास्थित अरूण नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका पुरुषको शव शुक्रबार फेला परेको छ । झापाको शिबसताक्षी नगरपालिका(१० माइखोला पुलमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् ।
त्यसैगरी खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका(३ बाम्राङ बस्ने ५६ वर्षीय होम प्रसाद राई घर नजिकै बाटोमा शनिबार मृत अवस्थामा फेला परेका छन् । गत बुधबार जडिबुटि खोज्न भनि आफ्नै घरदेखि जंगलतर्फ हिँडेका उनी घर फर्की नआएपछि खोजी गर्ने क्रममा उनको शव फेला परेको हो ।
तेह्रथुमको छथर गाउँपालिका ३ बासमेरी बस्ने ६४ वर्षीया फुलमाया सार्की घर नजिकै सामुदायीक जंगलमा शनिबार मृत अवस्थामा फेला परेकी छिन् । शुक्रबार बिहान फाक्चामारा जान्छु भनी हिँडेकी उनी घर फर्की नआएपछि खोजी गर्ने क्रममा उक्त स्थानमा उनको शव फेला परेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २२ माघ २०७८, २१ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बर्दियाको भादा नदीमा बेपत्ता युवक मृत फेला
नेपाल प्रहरीका सई झुण्डिएको अवस्थामा मृत फेला
गुल्मीमा एक जना महिला मृत फेला
पाल्पामा एक पुरुष मृत फेला
सुर्खेतको देउती बज्यै मन्दिरकी पुजारी मृत फेला
बसुन्धारा र सुन्दरीजलमा २ व्यक्ति मृत फेला