नेप्सेको सीइओमा कृष्णबहादुर कार्की नियुक्त

सफल खबर संवाददाता

विहीबार, २० माघ २०७८, १८ : ४५
नेप्सेको सीइओमा कृष्णबहादुर कार्की नियुक्त

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कृष्णबहादुर कार्की नियुक्त भएका छन् । १७ गते बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई सीईओ नियुक्त गरेको हो ।

छनोट समितिले कार्की, रमेश भण्डारी र केशव श्रेष्ठको नाम सर्टलिस्टमा पारेको थियो । 

नेप्सेका तत्कालीन सीईओ चन्द्रसिंह साउदले सर्वोत्तम सिमेन्टको शेयर खरीद प्रकरणमा मुछिएपछि पदबाट राजीनामा दिएका थिए । साउदले राजीनामा दिएको लामो समयसम्म सीईओ नियुक्ति प्रक्रिया अघि बढ्न सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस