काठमाडौं । प्रतिनिधिसभाको बैठक निरन्तर स्थगित गरेर सरकारको काममा असहयोग गरेको आरोपमा सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध प्रस्ताव ल्याउने तयारी थालिएको छ ।
सत्तारुढ पाँचदलीय गठबन्धनमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गर्ने विषयमा सहमति हुन नसकेपछि रातारात संसद्को बैठक स्थगित गरेको भन्दै सभामुखविरुद्ध प्रस्ताव ल्याउन लागिएको छ ।
शनिबार राति पाँच दलीय गठबन्धनको बैठक सकिएलगत्तै माओवादी केन्द्र र एकीकृत समाजवादीको आग्रहमा सभामुखले संसद्को बैठक १० दिन पर धकेलेको सरकारको आरोप छ । संसद्का बैठकलाई बिजनेस दिन नसके सरकारको आग्रहमा बैठक स्थगित गर्ने चलन छ । तर माओवादी केन्द्र र एकीकृत समाजवादीको आग्रहमा संसद् बैठक लामो समय स्थगित गरिएपछि पदीय आचरण नगरेको आरोपमा सभामुखविरुद्ध प्रस्ताव ल्याउन गृहकार्य सुरु भएको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवा जसरी पनि एमसीसी सदनमा टेबुल गराउन चाहन्छन् । प्रतिपक्षी एमालेले पनि सभामुखले गैरसांसदलाई संसद् बैठकमा बस्न अनुमति दिएको भन्दै उनको राजीनामा माग गर्दै आएको छ । एमालेले गठबन्धन तोड्ने सर्तमा एमसीसी पारित गर्ने प्रस्ताव राखेको आजको नागरिक दैनिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, १८ माघ २०७८, ०७ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सभामुख र राष्ट्रियसभा अध्यक्षबीच भेटवार्ता
नवनिर्वाचित सभामुखको शपथ २:३० बजे
सभामुखमा डोलप्रसाद अर्याल निर्विरोध निर्वाचित भएको घोषणा
सभामुखमा डीपी अर्याल निर्विरोध चयन
नेपाली कम्युनिस्ट पार्टीले सभामुख पदमा उम्मेदवारी नदिने, उपसभामुखमा दाबी
सभामुखमा कांग्रेसले उम्मेदवारी नदिने