काठमाडौं । नेकपा एमालेले स्थानीय तहको निर्वाचन मिति सोमबारभित्र घोषणा गर्न सरकारलाई ‘अल्टिमेटम’ दिएको छ। पाँचदलीय सत्ता गठबन्धनले वैशाखमा गर्नुपर्ने स्थानीय तहको निर्वाचन पर सार्ने षड्यन्त्र गरेको आरोप लगाउँदै एमालेको मोर्चा संगठनले यस्तो ‘अल्टिमेटम’ दिएको हो।
मोर्चा संगठन संयन्त्रको शनिबार बसेको बैठकले सरकारले निर्वाचन मिति तोक्न आनाकानी गरेको भन्दै त्यसविरुद्ध देशव्यापी आन्दोलनमा जाने निर्णय पनि गरेको छ। ‘हामी अब आन्दोलनमा लाग्यौं। सरकारले भनेको बुझोस्। जनताले लडेर ल्याएको व्यवस्थाको रक्षा गर्नु छ। जनादेशमा नजाने षड्यन्त्र हुँदा आन्दोलनमा जानुपर्छ। अब सिठी फुकेर लाग्यौं’, मोर्चा संगठन संयन्त्र प्रमुख भानुभक्त ढकालले भने। उनका अनुसार मोर्चा संगठनको बैठकले २२ वटै जनवर्गीय संगठनलाई आन्दोलनमा उत्रिन निर्देशन दिएको छ। ढकालले शनिबारदेखि नै आन्दोलन सुरु भैसकेको बताए।
एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका तर्फबाट स्थानीय तहको निर्वाचन समयमै गराउन सरकारलाई दबाब दिन देशव्यापी जनपरिचालन गर्न निर्देशन दिएलगत्तै मोर्चा संगठन संयन्त्रले यस्तो निर्णय गरेको हो। नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, १६ माघ २०७८, ०८ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेको मतदान सकियो, २ हजार २२७ मत मात्र खस्यो, खसेन ३६ भोट
एमाले महाधिवेशन : मतदान अन्तिम चरणमा, करिब १ सय मत बाकी
एमालेको कान्छो केन्द्रीय सदस्य बने रौनित साह
मतदान सकिएको दुई घण्टाभित्र नतिजा आउने
एमालेको प्रचार सामग्रीले कुरूप बन्यो भृकुटीमण्डप क्षेत्र
एमाले महाधिवेशन : प्राविधिक भन्छन् : समस्या सुल्झियो, मतदानका लागि तयार छौं