स्वस्तिश्री गुरुकुल स्कुललाई आइबी वल्र्ड स्कुलको अवार्ड

सफल खबर संवाददाता

शनिबार, १५ माघ २०७८, १३ : १८
स्वस्तिश्री गुरुकुल स्कुललाई आइबी वल्र्ड स्कुलको अवार्ड

काठमाडौं । सानो भर्याङस्थित स्वस्तिश्री गुरुकुल स्कुलले आइबी वल्र्ड स्कुल (IB world school)को मान्यता प्राप्त गर्न सफल भएको छ । उक्त घोषणासँगै अब स्कुल ‘स्वस्तिश्री गुरुकुल आइवी वल्र्ड स्कुल’को नाममा सञ्चालित हुनेछ ।

विद्यालयमा सञ्चालित आइ.बी. पि.वाइ.पी (IB PYP) पाठ्यक्रम, फिल्ड वर्क एजुकेशन, लण्डन मन्टेश्वरी शिक्षाको लागि आइ.इ.वाइ.सी (IEYC) पाठ्यक्रम, वाटकिन्सन स्कुल, अमेरिकासँग शैक्षिक कार्यक्रमका लागि सहकार्य हुनु यसको महत्वपूर्ण विशेषता भएको विद्यालयले जनाएको छ  ।

यस्तै एसियाको ‘वेष्ट इमर्जिङ स्कुल अवार्ड २०२०–२०२१’ प्राप्त गर्न सफल स्वस्तिश्री गुरुकुलले स्वस्तिश्री स्पोर्ट एकाडेमी (क्क्ब्) स्थापना गरी फुटबल, फुटसल, पौडी, बास्केटबल, तेक्वान्दो, स्केटिंग, टेवल टेनिसलगायतका खेलकुदका तालिम अन्य विद्यालयका इच्छुक विद्यार्थीहरुका लागि समेत प्रदान गर्दै आइरहेको छ ।

गुरुकुलका प्रबन्ध निर्देशक मिना महर्जनले (चित्रकार) म्यानेजमेन्ट एजुकेशन इनोभेटरको रुपमा ‘नेशनल प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२१’बाट सम्मान पाउनु स्कुल कै गरिमा  भएको बताईन । स्वस्तिश्री, इन्टरनेशनल स्कुल एसोसिएसन(SSA)को नेपालको एकमात्र सदस्य विद्यालय र इन्टरनेशनल स्कुल स्पोर्ट फेडेरेशन (क्ष्क्ँ)को नेपालको एकमात्र पूर्ण सदस्यता प्राप्त विद्यालय हुनु पनि यसको विशेषता रहेको उनको भनाई छ । 

छोटो समयको अन्तरालमा विश्वस्तरको आफ्नो पहिचान स्थापित गराउन सफल भएको  स्वस्तिश्री गुरुकुलले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठको प्रमुख आतिथ्यतामा आइबी वल्र्ड स्कुल अनाउन्समेन्ट (IB world school announcement) गरेको हो । 

श्रेष्ठले उक्त समारोहमा भर्चुअल माध्यमबाट सहभागि हुँदै परिवर्तित समय र आवश्यकता अनुसारको शिक्षा दिनका लागि स्वस्तिश्रीले गरेको लगानीको प्रशंसा गरे । संसारमा चलेको कार्यक्रम आइबी प्राप्त स्कुलबाट पासआउट भएका विद्यार्थीहरुलाई विश्वका उत्कृष्ट विश्वविद्यालयहरुले लिने बताउँदै श्रेष्ठले आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । 

यस्तै गुरुकुलका अध्यक्ष रामकृष्ण चित्रकारले भौतिक संरचनाले मात्रै होइन शैक्षिक एबं प्राज्ञिक रुपमा समेत उत्कृष्ट बनाउने सोच रहेको जानकारी गराए । उनले लगानी र भौतिक संरचनाका हिसावले फरक र नयाँ भिजनका साथ शुरु गरेको स्कुलले छोटो समयमै आइबी प्राप्त गर्नु सफल भएकोमा स्कुल परिवार सबैलाई धन्यवाद दिए ।

स्कुलका प्रिन्सिपल डा. हिमलाल घिमिरेले मुलुकका चार विद्यालय मध्ये छोटो समयमा र काठमाडौँ मै पहिलो आइवी मान्यता प्राप्त गर्न सफल भएको भन्दै खुसी व्यक्त गरे । ब्राइट फ्यूचर स्कुलका संस्थापक अध्यक्ष मोहनकुमार कार्कीले  छोटो समयमा ठुलो प्रभाव पार्न सफल यस स्कुलका विद्यार्थीले युरोप लगायत वाह्य मुलुकमा उत्कृष्ट खेल प्रदर्शन गर्न सफल भएको जानकारी गराए । 

स्कुलका आइभी संयोजक मक्सुद आलमले  संयोजक बनेर काम गर्न पाउँदा खुसी व्यक्त गर्दै छोटो समयमा आइबी प्राप्त गर्ने नेपाल कै पहिलो स्कुल बन्न सफल भएको जानकारी दिए । सकुलका एकाडेमिक निर्देशक प्रविन मोक्तानले स्कुलको सफलताले अझै गुणस्तरीय शिक्षा प्रदान गर्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

 उक्त समारोहमा स्वस्तिश्री गुरुकुलका प्रवन्ध निर्देशक मिना महर्जन चित्रकारलाई एलआरआइ स्कुल कलंकीका  संस्थापक अध्यक्ष शिवराज पन्तले आइवी वल्र्ड स्कुलको प्रमाणपत्र हस्तान्तरण गरेका थिए । यसअघि स्कुल प्रांगणमा आइवी वल्र्डको झण्डोत्तोलनका साथै लोगोको उद्घाटन गरिएको थियो ।


 

प्रतिक्रिया दिनुहोस