इलन मस्कको अन्तरिक्ष कम्पनीको रकेट चन्द्रमामा ठोक्किएर बिस्फोट हुने

एजेन्सी

विहीबार, १३ माघ २०७८, ०८ : ४८
इलन मस्कको अन्तरिक्ष कम्पनीको रकेट चन्द्रमामा ठोक्किएर बिस्फोट हुने

एजेन्सी । इलन मस्कको स्पेस कम्पनी स्पेसएक्सले अन्तरिक्षमा पठाएको रकेट चन्द्रमामा ठोक्किएर बिस्फोट हुने भएको छ ।

‘द फाल्कोन ९ बुस्टर’ नाम गरेको रकेट सन् २०१५ मा प्रक्षेपण गरिएको थियो । आफ्नो मिसन पूरा गरेपछि इन्धन अभावका कारण सो रकेट पृथ्वीमा फर्किन सकेको थिएन । अन्तरिक्षमै रहेको रकेट अहिले चन्द्रमा तर्फ गरिरहेको हो ।

अन्तरिक्षयात्री जोनथन म्याकडोवेलका अनुसार चन्द्रमामा ठोक्किने यो पहिलो अनियन्त्रित रकेट हुनेछ । तर चन्द्रमामा ठोक्किएर बिस्फोट हुँदा क्षति भने कम हुने देखिएको जोनथनले बिबिसीलाई बताएका छन् । रकेट आउँदो मार्च ४ मा चन्द्रमामा ठोक्किने र लगत्तै बिस्फोट हुनेछ ।

प्रतिक्रिया दिनुहोस