सप्तरी । ट्रकको ठक्करबाट सप्तरीमा मोटरसाइकल चालकको मृत्यु भएको छ । सप्तकोसी नगरपालिका–५ गङ्गाजली खोलानजिक आज भएको दुर्घटनामा सप्तकोसी नगरपालिका–१० भगनी चोकका २७ वर्षीय लालदेव चौधरीको मृत्यु भएको हो ।
घरबाट बलार्दह जाँदै गरेका चौधरी चढेको स १० प ४६३५ नंको मोटरसाइकललाई बलार्दह चोकबाट कञ्चनपुरतर्फ जाँदै गरेको ना ३ ख ९९३२ नंको ट्रकले ठक्कर दिँदा चौधरीको घटनास्थलमै मृत्यु भएको फत्तेपुर प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक खीलाराज खतिवडाले जानकारी दिए ।
शवलाई परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लगिएको छ । मोटरसाइकललाई ठक्कर दिने ट्रकका चालक फरार छन् । उनको खोजी भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, १२ माघ २०७८, ११ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु
ट्रकको ठक्करबाट एकजनाको मृत्यु
ट्रकको ठक्करबाट घाइते भएका प्रहरी निरीक्षक लामाको मृत्यु
मलामी बोकेको ट्याक्टरबाट खसेर एकजनाको मृत्यु
वाइफाइ जडान गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु
कुटपिटबाट एकजनाको मृत्यु, एक घाइते