काठमाडौं । नेकपा माओवादी केन्द्रको महाधिवेशनपछि पदाधिकारी चयन हुन नसक्दा पूर्व स्थायी समिति सदस्यको बैठकबाट काम चलाउन थालिएको छ ।
पार्टीका लागि आवश्यक निर्णय गर्नुपर्ने भएपछि पूर्व स्थायी समिति सदस्यको बैठक राखेर काम चलाउन थालिएको हो। माओवादी केन्द्रले शनिबार आयोजना गरेको एउटा बैठकमा पूर्व स्थायी समितिका सदस्यमात्रै सहभागी थिए। पार्टी विधानमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्षको व्यवस्था भए पनि पदाधिकारी चयन हुन सकेको छैन। पदाधिकारी चयन नहुँदा स्थायी समिति र पोलिटब्युरो गठन हुन सकेको छैन।
पुस ११ देखि एक साता लगाएर भएको महाधिवेशन केन्द्रीय कमिटी चयनबाहेक पदाधिकारी, स्थायी कमिटी, पोलिटब्युरो चयन नगरी सकिएको थियो। ‘अहिले स्थायी समिति बनेको छैन। पदाधिकारीहरू चयन नहुँदासम्म पूर्व संरचनामा रहेको स्थायी समितिकै बैठकबाट निर्णय हुन थालेको छ’, एक पूर्व स्थायी समिति सदस्यले भने, ‘कसका लागि रोकिएको, किन रोकिएको भन्ने पनि जानकारी छैन।’ नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, १० माघ २०७८, ०७ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी उम्मेदवार हरिजनमाथि हातपात गर्ने थप तीन जना पक्राउ
रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश
काठमाडौं–२ को अनुभव, चितवन–३ लाई सुझाव : ‘विश्वास दिनुअघि काम हेर्नुहोस्’
‘सरकारले देशभर एकै चरणमा निर्वाचन गरोस्' : संयोजक दाहाल
शुल्क नतिरेको बहानामा परीक्षा दिन नदिने कार्य अमानवीय — अखिल क्रान्तिकारी चितवन
प्रतिनिधिसभा चुनाव : रेनु दाहाल चितवन-३ बाट सर्वसम्मत सिफारिस