प्रधानमन्त्री देउवाको आह्वानमा सर्वदलीय बैठक बस्दै

सफल खबर संवाददाता

शनिबार, ०८ माघ २०७८, ०८ : ०९
प्रधानमन्त्री देउवाको आह्वानमा सर्वदलीय बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा शनिबार सर्वदलीय बैठक बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजेका लागि सर्वदलीय बैठक बोलाइएको हो ।  

प्रधानमन्त्रीको सचिवालयका अनुसार स्थानीय तहको निर्वाचनका साथै अन्य समसामयिक विषयमा छलफलका लागि प्रधानमन्त्रीले संसदमा प्रतिनिधित्व गर्ने दलहरुलाई छलफलमा बोलाएका हुन् । 

यसअघि शुक्रबार सत्ता गठबन्धनको बैठक बसेको थियो । गठबन्धनले चुनावको मिति तय गर्नुअघि निर्वाचन आयोग र विज्ञहरुसँग परामर्श गर्ने निर्णय गरेको थियो । यस्तै बैशाखमा चुनाव हुन नसक्नेबारे छलफल भएको पनि बताइएको छ ।

प्रतिक्रिया दिनुहोस