विदेशी मुद्राको विनिमयदर आज यस्तो छ...

सफल खबर संवाददाता

शुक्रबार, ०७ माघ २०७८, ०७ : ५१
विदेशी मुद्राको विनिमयदर आज यस्तो छ...

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिदर ११८ रुपैयाँ ९१ पैसा र बिक्रीदर ११९ रुपैयाँ ५१ पैसा रहेको छ।  

यस्तै युरो एकको खरिददर १३४ रुपैयाँ ९५ पैसा र बिक्रीदर १३५ रुपैयाँ ६३ पैसा रहेको छ भने पाउण्ड एकको खरिददर १६२ रुपैयाँ १ पैसा र बिक्रीदर १६२ रुपैयाँ ८३ पैसा रहेको छ।  

यसैगरी कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८२ पैसा तथा युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५४ पैसा रहेको छ।

प्रतिक्रिया दिनुहोस