राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई कोरोना

सफल खबर संवाददाता

मंगलबार, ०४ माघ २०७८, १९ : १०
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई कोरोना

काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

विगत तीन दिनदेखि कोभिडसँग मिल्दोजुल्दो लक्षण देखिएपछि आज पीसीआर परीक्षण गर्दा अध्यक्ष तिमिल्सिनालाई कोरोना पुष्टि भएको उनको सचिवालयले जानकारी दिएको छ। उनको स्वास्थ्य अवस्था सामान्य रहेको र हाल बालुवाटरस्थित सरकारी निवासमाा स्वास्थ्यलाभ गरिरहेको सचिवालयले जनाएको छ।